मलेसियामा ६ बर्ष अघि गएको श्रीमान ले भने – तँ जे सुकै गर मेरो लागी भनेर बस्नु पर्दैन,
मैले अर्की बिहे गरि सके
वैदेशिक रोजगारी कोही कसैकालागि पनि चाहना हैन बाध्यता हो । यो बाध्यताले कयौ नेपालीको घरबार बिगारेको छ । वैदेशिक रोजगारीकै कारण सर्लाहीको कालीन्जोर, ८ फुलजोरका गोविन्द परियार र विन्दा परियारको जिवनमा पनि बज्रपात पर्न गएको छ ।
परियारको छोरा राजकुमार मलेसिया गएको लगभग ६ वर्ष भईसक्यो तर उनी फर्केनन् । रामकुमारका ६३ वर्षीय बुवा गोविन्द गहभरी आँसु बनाएर भन्छन् ‘बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधैमाथि भनेजस्तै भयो बाबु, नौ सन्तालमा अहिले कोही पनि साथमा छैनन् ।’ ‘घरमा छोरी हुर्किएर बाबा खोज्न थालिसकी तर ऊ फर्किने नफर्किने कुनै टुङगै भएन’ गोविन्द छोरालाई आग्रह गर्छन, ‘छोरा तँलाई के भएर यस्तो गरिस ?
अब केही नसोच बाबु एक चोटी जसरी भएपनि आइज, अरु हामीलाई केही चाहिँदैन ।’घरमा छोरी हुर्किएर बाबा खोज्न थालिसकी तर ऊ फर्किने नफर्किने कुनै टुङगै भएन’ गोविन्द छोरालाई आग्रह गर्नुहुन्छ, ‘छोरा तँलाई के भएर यस्तो गरिस ? अब केही नसोच बाबु एक चोटी जसरी भएपनि आइज, अरु हामीलाई केही चाहिँदैन ।’ गोविन्दले नेपालबाट छोरालाई फर्किन आग्रह गर्दा आमा विन्दा छेवैमा हुनुहुन्थ्यो । चाडबाड आउँदा मात्रै होइन भान्सामा मिठोमसिनो पाक्यो कि छोराकै याद आउँछ विन्दालाई । ‘घरमा मासु पकाउँदा आएर खाइदिए हुन्थ्यो जस्तो लाग्छ तर कोही नभए जस्तै भएकी छु’ छोराको बारेमा भन्दाभन्दै विन्दाको गला अवरुद्ध भयो ।
बुढा बाआमा स्याहारेर बसेकी श्रीमती सावित्रालाई खुसी ल्याउँदैन बरु मन अमिलो हुन्छ । ‘तँ जे सुकै गर मेरो लागी भनेर बस्नुपर्दैन’ सावित्राले सुनाईन ‘मैले विहे गरिसकें भन्दै फेसबुकमा फिलिपिनी केटीको फोटो पनि पठाउनुभयो ।’ मलेसिया जाँदा लागेको १ लाख २० हजार क्रण तिरुञ्जेलसम्म फोन गरिरहेका रामकुमारले त्यसपछि फोन गर्न कम गरेको उनको भनाई छ । लाइटनेपालबाट




0 comments
प्रतिक्रिया दिनुहोस्...