-->
आयो, स्कूलबाटै टपक्क टिपेर लग्यो...फोटोमा हेर्नुस् ललितपुरको बोर्डिङ स्कूलमा भएको बज्रपात

काठमाडौँ : ललितपुरको पुष्पाञ्जलि बोर्डिङ स्कूलमा बिहान एकाएक बज्रपात आइलाग्यो। रातिदेखि नै अविरल वर्षा भइरहेको थियो। वर्षालाई बेवास्ता गरी स्कूल पुगेका थिए विद्यार्थीहरु। कक्षा कोठामा पढिरेहका विद्यार्थीमाथि एकाएक पर्खाल खस्यो।


 
विद्यालयको छेउमै ठूलो पर्खाल थियो, त्यही पर्खाल कक्षा ३ मा अध्ययनरत दुई विद्यार्थीको काल बन्न पुग्यो। कक्षा ३ मा अध्ययनरत ९ वर्षीया कृपा राई र १० वर्षीया अञ्जना पुन मगरको उपचारको क्रममा मृत्यु भयो।

 
घटनामा २० भन्दा बढी घाइते छन्। घाइते मध्ये एक जानकी शाहीका दाजु मदन भन्छन् – 'हाम्रो स्कूलले छेउमा पर्खाल नबनाउनू भनी पटक-पटक जग्गा प्लटिङ गर्नेलाई भनेको थियो। तर उनीहरुले सुनेनन्।'
 
'पर्खाल स्कूलभन्दा माथि छ। लगातार परेको वर्षाका कारण कमजोर रुपमा बनाएको पर्खाल खस्यो र स्कुलमा बजारिन पुग्यो। माथिबाट खसेको वालको प्रेसर खप्न नसकेर विद्यालयको पर्खाल पनि ढल्यो र विद्यार्थी माथि बज्रन पुग्यो।

मदन मलीन स्वरमा भन्छन्, 'अहिले बहिनीको हात चल्छ, आँखा हेर्छ, अरु केही रियाक्सन छैन। मैले नै सबै विद्यार्थीलाई हस्पिटलमा ल्याएको हो।'

 
स्कूलका प्रिन्सिपल पुअमी कान्ति बज्राचार्यले भने, 'हामीले पटक-पटक पर्खाल लगाउन हुँदैन, रिस्की छ भनेर जग्गाधनी कर्मा लामालाई भनेका थियौँ। त्यो असुरक्षित वालमा सिमेन्टभन्दा पनि माटो मिसाइएको थियो।"
 
ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले पहिलोपोस्टलाई भने, 'यो जग्गा कर्मा लामाको रहेछ। हामी उनलाई खोजिरहेका छौँ। उनको सम्पर्क मोबाइल स्विच अफ रहेछ। प्रहरीलाई पत्ता लगाएर पक्राउ गर्ने आदेश दिइसकेका छौँ।'

छानबिन गर्न निर्देशन दिएको छु : शिक्षामन्त्री

शिक्षामन्त्री गिरिराजमणि पोखरेल शुक्रबार अपराह्न बीएन्डबी अस्पताल पुगे। उनले गृहमन्त्रीलाई घटनास्थलमा पुग्न आग्रह गरेको जानकारी दिँदै घटनाबारे छानबिन गर्न आफूले ललितपुरका जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिइसकेको बताए। 'बालबालिकाको मनोविज्ञान बुझेर उपचार गर्न अस्पताललाई भनेको छु', मन्त्री पोखरेलले पहिलोपोस्टलाई बताए।  source:  pahilo post 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.