-->
टर्कीद्वारा इराकमा हवाई आक्रमण

इस्लताबुल, साउन । टर्कीज सशस्त्र बलद्वारा उत्तरी इराकमा कुर्दिस आतङ्ककारी विरुद्ध हवाई आक्रमण गरिएको छ ।   गतहप्ता टर्कीमा भएको सैनिक ‘कु’को प्रयासपछि पहिलो पटक उत्तरी इराकमा टर्कीको सेनाले सो हवाई आक्रमण गरेको बताइएको छ ।   यस आक्रमण्मा परी २० लडाकू मारिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ ।   उत्तरी इराकको हकुर्क क्षेत्रमा कुर्दिस बर्करस् पार्टी (पिकेके) लक्षित १६ लडाकू विमानले आक्रमण गरेको बताइएको छ ।   राज्यद्वारा सञ्चालित अनादोलु समाचार समितले सुरक्षाबलाई उद्धृतगर्दै सो जानकारी दिएको छ प्राप्त समाचारमा जनाइएको छ । रासस/एएफपी 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.