-->
ओलिले एकलौटी कब्जा गर्दै,एमाले भित्र मारामार हुने संकेत

केपी ओली एमालेको अध्यक्ष भएपछी अन्य नेताहरु सँग कुनै परामर्श नगरी एकलौटी ढंगले पार्टी संचालन गरिरहेको आरोप खेपिरहेका छन । फरक गुटकाले यस्तो आरोप लगाईरहदा आफ्नै गुट भित्र पनि छलफल नगर्ने एक नेताले बताए । ‘ओलीजीको स्वभाबले कहिले काही समस्या पार्ने गरेको छ । उहाले आफु निकट केही ब्याक्तिहरु सँग सरसल्लाहा गर्ने गरेता पनि टिममा त्यती छलफल गर्नु हुन्न,यो उहाँको समस्या हो’, एक केन्द्रिय नेताले खबरबाणीलाई बताए ।
आँफैले सबै सँग डिल गर्ने हुँदा अहिले ठुलो समस्या देखिएको बताईन्छ। अहिलेको जस्तो प्रतिकुलतामा पनि ओली निकटका नेताहरु समेत सरकार र ओलिको बचावमा पूर्णरुपमा लाग्न सकेका छैनन । ओली निकट मानिने महासचिब ईश्वर पोख्रेलले समेत हिजो माओवादी सँग कसरी डिल भएको थियो आफुलाई पूर्णरुपमा जानकारी नरहेकाले काङ्ग्रेस र माओवादीका बिरुद्धमा कसरी प्रस्तुत हुने समस्या हुने गरेका आफु निकट नेताहरुलाई बताउने गरेका छन ।
उता फरक बिचर समुहका नेताहरु माधव नेपाल झलनाथ खनाल र बामदेब गौतम सँग पनि कुनै सरसल्लहा नगरिएको नेताहरु बताउछन। अघिल्लो पटक सरकार ढल्नै लाग्दा आफु र जेएन कम्रेडलाई प्रचन्ड सँग सहमती खोज्न ओलीले जिम्मा दिएको र आफुहरुले त्यो जिम्मेवारी कुसलतापुर्बक पुरा गरेको नेता गौतमको भनाई छ । तर त्यसपछी आफुलाई माओवादी परश्तको रुपमा चित्रित गर्न धरै प्रयत्न भएको गौतमले गुनासो गर्दछन।
माओवादी केन्द्रले सरकार बाट समर्थन फिर्ता लिई काङ्ग्रेस सँग मिलेर अबिश्वासको प्रस्ताब दर्ता गरेपछी पार्टी एकढिक्का भई बिरोधिको शसक्त मुकाबिला गर्नु पर्ने कार्यकर्ताहरुको अपेक्षा छ । तर एमाले भित्रको बिगत देखी देखिएको संस्थागत गुटबन्दीले एकताबद्ध भएर अगाडि बढ्न अबरोध श्रीजना भएको छ ।
बिशेष गरी पछील्लो समय युवा परिषद गठनमा एकलौटि भएको भनी गुनासो बढीरहेको बेला जिल्ला जिल्लामा गठन हुन लागेको जिल्ला युवा परिषदमा अर्को गुटको एकजना पनि नराख्न कडा निर्देशन आएको नाम उल्लेख नगरिदिने शर्तमा परिषदका एक सद्स्यले बताए । अन्य पार्टिका युवा संगठनलाई समेत मिलाएर लैजानु पर्ने युवा परिषदमा पार्टी भित्रको पनि एउटा गुटको मात्र भर्ती केन्द्र बनाउदा , सरकार परिवर्तन पछी नयाँ बन्ने सरकारले युवा परिषदलाई सहयोग नगरी निस्कृय बनाउने सम्भावना हुने ति सद्स्यले गुनासो गरे ।
यसरी अर्को पक्षलाई पूर्णरुपमा निशेध गरी युवा परिषद गठन गर्न लागिएको सुचना पाएपछी माधव झलनाथ समुह त्यसको सशक्त प्रतिरोध गर्ने तयारी गरिरहेको बुझिएको छ। यसरी जटिल अवस्थामा गुज्रिरहेको एमाले उक्त निर्णयपछी थप बिबादमा फस्ने आशंका बढेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.