भुईंकटहर खाँदाका यी ५ फाइदाहरु
काठमाडौं । भुईंकटहर खाँदा शरीरलाई आवश्यक पर्ने विभिन्न तत्व पाउनुका साथै विभिन्न रोग लाग्नबाट पनि बचाउने काम गर्छ ।
भुईंकटहर खाँदाका यी फाइदाहरु
१. प्रति एक सय ग्राम भुईंकटरबाट शरीरलाई ५० क्यालोरी प्राप्त हुन्छ ।
२. भुईंकटहरमा हुने ब्रोमेलियन इन्जाइमले प्रोटिन पचाउन मद्दत गर्छ भने ब्रोमेलियनले क्यान्सर रोग लाग्नबाट रोक्स सहयोग गर्छ ।
३. भुईंकटहरमा फाइबर हुने भएकाले आर्थाइटिस र अपच हुनबाट पनि बचाउँछ ।
४. भुईंकटहरमा भिटामिन सि, ए, बि कम्प्लेक्स, पोटासियम, म्याग्नेसियम र तामा पनि पाइन्छ । म्याग्नेसियम पाइने भएकाले हड्डी बलियो हुन मद्दत गर्छ । साथै दाँत र गिजालाई बलियो बनाउछ ।
५. भुईंकटहर खाने गरेमा रुघाखोकी कम लाग्ने गर्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...