धमकेदार एक्शनसँगै ‘जय परशुराम’ मार्फत फर्किए विराज भट्ट
काठमाण्डौँ, साउन ५ – नायक विराज भट्टको कम ब्याक भनिएको ‘जय परशुराम’को ट्रेलर एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
निर्माता रोज राणाले निर्देशकको रुपमा डेब्यू गरेको यो चलचित्र जय परशुरामलाई सुपरस्टारको कमब्याक भनेर प्रचार गरिएको छ । यस चलचित्रमा विराज प्रहरी अफिसर्सको भूमिकामा देखिएका छन् ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको जय परशुराममा तराइमा हुने गुण्डागर्दी र सच्चा प्रहरीको कथा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । नायक विराज भट्टले चलचित्र राम्रो बनेको भन्दै दर्शकको मायाको अपेक्षा गरे । ५ बर्ष भोजपुरी चलचित्रमा अभिनय गरेका विराज नेपाली चलचित्रमा फर्किएका हुन् । अब नेपाली फिल्मलाई निरन्तरता दिने नायक विराज भट्टले बताए ।
त्यस्तै मुख्य भुमिकामा रहेकी नायिका निशा अधिकारीले पनि चलचित्र राम्रो बनेको भन्दै दर्शकले मन पराउनेमा ढुक्क रहेको बताएकी छिन्।
चलचित्रमा एनवी महर्जनको एक्सन, बसन्त श्रेष्ठ र रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायांकन, महेश खड्काको संगीत रहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...