-->
मोदी विश्वका टप १० अपराधीको सूचीमा, भारतमा खैलाबैला

एजेन्सी । इन्टरनेट सर्च इन्जिन गुगलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर विश्वका टप टेन अपराधीको सूचीमा समावेस गरेपछि भारतमा खैलाबैला भएको छ । यस अघि पनि मोदीको तस्विर अपराधीको सूचीमा परेपछि विवाद आएको थियो । मोदीलाई अपराधीकोरुपमा चित्रित गरिएकोप्रति आपत्ति जनाउँदै इलाहाबादको जिल्ला अदालतले गुगललाई लिगल नोटिस पठाएको छ ।


यो मुद्धाको सुनुवाइ आगामी ३१ अगष्टमा हुने छ । भारतीय जनता पार्टीका नेता तथा अधिवक्ता सुशील मिश्रले मोदीको बदनाम गरिएको भन्दै अदालतमा मुद्धा हालेका हुन् । गत वर्ष पनि ट्वीटरमा ह्याशट्याग सहित विश्वका १० कुख्यात अपराधीको सर्च ट्रेण्डिङ बनेको थियो । जुन लिष्टमा विश्वका खंखार अपराधीसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम पनि देखिपछि भारतमा खैला बैला भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीमाथि उनी गुजरातको मुख्यमन्त्री हुँदा जातीय दंगालाई उक्साएको आरोप लागेको थियो । सन् २००२ मा गुजरातमा भएको दंगामा मोदीको भूमिका समेत रहेको भन्दै उनलाई कतिपयले उनलाई दोषी मान्ने गरेका छन् ।
Light Nepal




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.