-->
चीनले गर्यो फेरी अर्को चमत्कार

chian

एजेन्सी , मानव द्वारा निर्मित रोबटले बिभिन्न क्षेत्र् मा आफ्नो दमदार उपस्थिति जनाइ सकेको छ । मानबबाट असम्भब जस्ता लाग्ने कार्य समेत रोबटले  गर्ने गरेको छ । कहिले काही रोबटले गर्ने कार्य निकै चमत्कारिक हुने गर्दछ । यस्तै चमत्कारिक रोबट बनाएर चीन चिकित्सा क्षेत्रमा  क्रान्तिकारी परिवर्तन गर्ने संकेत गरेको छ ।
1468445157-khaskhabar

चीनले निर्माण गरेको औषधिको क्याप्सुल आकारको रोबटले अहिले संसारभर चर्चा पाएको छ । चीनले निर्माण गरेको उक्त रोबट बिमारीले क्याप्सुल  औषधि जस्तै गरी निल्नु पर्दछ । चीनिया   शोधकर्ताका अनुसार  उक्त रोबट शरीर भित्र गएपछि शरीरको पाचन प्रक्रिया र इन्डोस्कोपीका लागि मदत गर्दछ ।  शोधकर्ताहरुले यस रोबटलाई प्रयोगका लागि १०० भन्दा बढी अस्पताल पठाएका छन् ।
1468445141-khaskhabar

यस रोबोटको  निर्माण सिलिकन भ्यालीमा रहेको  चीनिया संयुक्त उद्यम कम्पनीले गरेको हो । यो रोबोट मैग्नेटिक पोजीशनिंग चिप आफैले प्रकाश दिन सक्ने बताइएको छ ।अहिले चलीरहेको इन्डोस्कोपी लाई बिथापित गर्न सक्ने बताइएको छ । यस रोबटले मानिसको शरीरमा १५ मिनेट बसेर ३६० डिग्रीमा परीक्षण गर्ने बताईएको छ । यस रोबट चिकित्सा क्षेत्रका लागि बरदान साबित हुने बताइएको छ । उक्त रोबटले पेट भित्रका सम्पूर्ण गतिबिधिको  दृश्य बाहिर रहेको वा रोबट संग जोडिएको कम्पुटरलाई पठाउने बताईएको छ । बिरामी आफैले आफ्ने पेट भित्रको सम्पूर्ण गतिबिधि नियाल्न  सक्ने छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.