-->
वेलायतमा पहिलो खेल : नेपालले दियो २३६ रनको लक्ष्य..

काठमाडौं, असार २९ – अभ्यास खेलका लागि वेलायत गएको नेपाली राष्ट्रिय क्रिकेट टिमले वेलायतको फ्रि फोरेस्टर क्रिकेट क्लबलाई ४० ओभरको खेलमा २ सय ३६ रनको लक्ष्य दिएको छ ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ७३ रनको योगदान गरे । यस्तै शरद भेषवाकरले ५०, पारस खड्काले ४०, सागर पुनले २१ रनको बनाए । नेपालले निर्धारित ४० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको हो ।
नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले वेलायतका विभिन्न क्लवसँग ४ वटा खेल खेल्ने छ । साउन ४ गते नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसीसीबिच वेलायतको लर्ड्स मैदानमा खेल हुनेछ । लर्ड्समा खेल्न पाउनुलाई नेपाली खेलाडीहरुले आफूलाई भाग्यमानी ठानेका छन् ।
यस्तो मौका बारम्बार नआउने भएकाले
लर्ड्समा नेपाली टोलीले सकेसम्म राम्रो प्रदर्शन गर्ने नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले बताएका छन् । - उज्यालो अनलाइन


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.