ढाका आक्रमण : बन्दुकधारीको कब्जामा २० विदेशी नागरिक
असार १८ – बंगलादेशको राजधानी ढाकामा रहेको एक क्याफेमा बन्दुकधारीले आक्रमण गर्दा दुई जनाको ज्यान गएको छ । ३० जना भन्दा धेरै घाइते भएका छन् ।
बन्दुकधारीले केही मानिसलाई बन्धक बनाएका छन् । ढाकाको गुलशन क्षेत्रमा रहेको क्याफेमा बन्धक बनाइएकामा झण्डै २० जना विदेशी नागरिक रहेको त्यहाँका अधिकारीले बताएका छन् ।
चरमपन्धीको गोली लागेर ज्यान जानेमा दुई जना प्रहरी अधिकारी रहेको सरकारी प्रवक्ताले बताएका छन् । बिद्रोही संगठन इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । विदेशी मानिस बढी जाने क्याफेलाई निशाना बनाएको आइएसले जनाएको छ ।
क्याफेमा बन्धक बनाइएका मानिसलाई सुरक्षित मुक्त गराउनु आफूहरुको पहिलो प्राथमिकता रहेको विशेष प्रहरी बल र्यापिड एक्शन बटालियनका प्रमुख बेनजिर अहमदले बताउनुभयो । आक्रमणकारीसँग कुराकानी गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । आक्रमण स्थानीय समय अनुसार शुक्रबार राति साढे ८ बजेदेखि सुरु भएको हो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...