बझाङमा बिहानै भूकम्प
बझाङ, असार १८ – बझाङमा शनिबार बिहानै भूकम्प गएको छ । बिहान ६ बजेर ८ मिनेट जाँदा बझाङको मयना केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पका कारण केही क्षति भने भएको छैन । यसअघि बझाङ नै केन्द्रविन्दु भएर बुधबार ४ दशमलव २ तथा पाँच रेक्टर स्केलका दुई वटा भूकम्प गएको थियो ।



0 comments
प्रतिक्रिया दिनुहोस्...