काठमाडौं– पक्राउ परेका सबै नक्कली प्रमाणपत्रधारी डाक्टरविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । बिहिबार ३ जनाविरुद्ध मुद्दा दायर भएकोमा शुक्रबार अन्य ३३ जनाविरुद्ध मुद्दा दायर भएको हो ।
उनीहरुले बिरामीको चेकअप र उपचारबाट कमाएको आम्दानीलाई बिगो बनाई मुद्दा दायर गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)का एसएसपी मनोज न्यौपानेले बताए । ‘सबैलाई गरी करिब २० करोडको बिगो छ,’ एसएसपी न्यौपानेले भने,‘उनीहरुबाट ठगिने बिरामीहरुको पनि उजुरी आइरहेको छ ।’
११ वटा जिल्लामा मुद्दा दायर गरेको हो । कुनै पनि अदालतमा छुनछेक आदेश भएको छैन ।
विराटनगरबाट पक्राउ परेका तीन जनालाई बिहिबार नै मुद्दा दायर भएको थियो । दुई दिन बयान र बहस हु“दा पनि शुक्रबार छुनछेक आदेश भएन । ट्रमा अस्पताल बिराटनगरका माहेम्मद अबुल कलाम, राम डाइग्नोष्टिक क्लिनकका संजय कुमार दास र विराटनगर आ“खा अस्पतालकी लिलि राजबंशीविरुद्ध बिहिबार नै मुद्दा दायर भएको हो । अदालतमा बयान नसिकएपछि उनीहरु मोरङ प्रहरीको हिरासतमा छन् ।
पक्राउ परेकामध्ये १० जनालाई काठमाडौंमै मुद्दा दायर गरिएको छ । काठमाडौं जिल्ला अदालतमा ८ तथा ललितपुरमा २ जनाविरुद्ध मुद्दा दायर भएको हो ।
झरना फार्मेसी कपनका पुनम कर्ण, कान्तिपुर डेन्टल कलेजका सामाखुशीका बुद्धिमान श्रेष्ठ, ब्राइट स्माइल डेन्टलकी विनिता अधिकारी, सोसाइटी डेन्टल चाबहीलका रावेत रंजन कुमार ठाकुर,केयर डेन्टर पुरानोबानेश्वरका बोदित आचार्य, ट्रमा सेन्टरका सन्तोष कुमार साह, रेश्मा फर्मा चाबहीलकी विनिता मण्डल, आम्दा नेपाल तथा हेल्दी डेन्टल क्लिनमा कार्यरत निलिमा खड्का महत,जनहित डेन्टल अस्पताल त्रिपुरेश्वरका गणेश साह, हाम्रो सहयात्री अस्पताल, जडिबुटीका श्रीराम घिमिरे लाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
त्यस्तै किष्ट मेडिकल कलेजका दिपेश पौडेल र परिवार नियोजन संघ ललितपुरका गजानन्द प्रसाद भण्डारीलाई ललितपुरमा मुद्दा चलाइएको छ । यूनिभर्सल मेडिकल कलेजका संजय यादबलाई रुपन्देही, तनहुँ सेवा अस्पताल तनहुका राहिल फराज अन्सारीलाई तनहु“मा ठगी मुद्दा दायर भएको छ ।
कुशराज गिरी, पन्नाला पटेल, निमेल लाल स्मन, मोहम्मद श्रहुल्लाह, रन्धीर राजबंशी, ईशादुल हक, सरोज कुमार सिंह, राम कुमार प्रधान, अरुण गुप्ता, दिनेश कुमार साहलाई जिल्ला अदालत पर्सामा, महेश्वर राय यादलाई पोखरा, सुनिल आचार्य, राजन पुरी र रजनी अग्रवाललाई चितवनमा, रविन्द्र कुमार पाण्डे र रामजी यादबलाई धनुषामा, रन्धीर राजबंशीलाई झापामा मुद्दा दायर भएको छ । , बिष्णु प्रसाद भुषाललाई दाङ, श्रीराम श्रीमललाई लमजुङ, मनिष अर्याललाई सुनसरीमा मुद्दा दायर भएको सिआईबीका एसपी तारिणी लम्सालले बताए । ५ वर्ष कैद सजाय र बिगो बराबर जरिवानाको मागसहित मुद्दा दायर भएको हो ।
Swasthya khabar

0 comments
प्रतिक्रिया दिनुहोस्...