-->
संसद कार्यसूची विवाद मिलाउन सभामुखको दौडधुप

काठमाडौं । बिहिबारका लागि डाकिएको व्यवस्थापिका संसद बैठकको कार्यसूचिलाई लिएर दलहरुबीच विवाद बढेपछि सभामुख ओनसरी घर्तीले विवाद समाधानका लागि पहल थालेकी छिन् ।

 

पहल स्वरुप सभामुख घर्तीले बुधबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी हुन् । कार्यसूचीकै विषयमा छलफल गर्न घर्तीले मंगलबार प्रधानमन्त्री ओलीसँग छलफल गरेकी थिईन् ।

 

सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले पारित हुन बाँकी बजेटसँग सम्बन्धित केही विधेयकथाती राखी अविश्वास प्रस्तावलाई पहिलो पेश गरेपछि रुष्ट छ । तय गरिएको कार्यसूची अनुसार नै आर्थिक विधेयेक पारित हुनुपर्ने अडानमा रहेको एमालेले सभामुखलाई राजनीतिक पुर्वाग्रहका आधारमा निर्णय लिएको आरोप पनि लगाएको छ ।

 

तर सरकार अल्पमतमा परिसकेको भन्दै संसदको ठूलो दल नेपाली कांग्रेस र सत्ता गठबन्धनबाट समर्थन फिर्ता लएमो माओवादी अविश्वासको प्रस्ताव पारित भएपछि मात्रै विधेयेक पारित हुनुपर्ने अडानमा छन् ।

 

छलफलका क्रममा घर्तीले कार्यसूचिको बिषयको विवाद सहमतिमा टुङ्ग्याउन दाहाललाई आग्रह गरेको प्रचण्ड सचिवालयले जनाएको छ ।

 

जवाफमा दाहालले कंग्रेस र एमालेसँग सहमतिको प्रयास गर्ने बताएका थिए । सभामुख घर्तीले आजै कंग्रेस सभापति शेरवहादुर देउवासँग भेट्दैछिन् । भने यसै विषयलाई लएर सभामुख घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गर्दैछिन् ।

nepalipatra


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.