-->
पशुपतिको गोरखनाथ मन्दिरमा के के गरे पूर्वयुवराज पारसले ? (तस्बिरसहित)

मिडिया एनपी, काठमाडौँ, ५ साउन । लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका पूर्वयुवराज पारस शाह मंगलबार पाशुपत क्षेत्रमा देखिए । गुरुपूर्णिमाको अवसरमा पारसले पाशुपत क्षेत्रमाको मृगस्थलीस्थित गोरखनाथ मन्दिर पुगेर पूजाअर्चना गरेका थिए ।
13730618_1169948976398301_397849253_o (1)
गोरखनाथ शाह वंशका गुरु भएकाले पूर्वयुवराज पारसले आफ्नो पुर्खाको परम्परालाई निरन्तरता दिन गुरुपूर्णिमाको दिन पूजाअर्चना गरेका हुन् । सो अवसरमा पूर्वयुवराज पारसमक्ष पीठका पिठाधीश, योगी साथै अन्य योगी सन्यासी गुरूहरू एवं वृद्धवृद्धले आशीष प्रदान गरेका थिए । मृगस्थली पुग्दा पारस लामो कपालमा देखिएका थिए । साधारण सर्ट र कालो चश्मा लगाएका उनी हँसिलो मुद्रामा देखिन्थे । – शिशिर तिवारीको फेसबुकबाट
 13730508_1169949903064875_1900326890_o
 13728493_1169964606396738_57209804_o
13711696_1169949003064965_58597165_o


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.