-->
अायल निगमका कर्मचारीलार्इ मासिक १ लाख बोनस

नेपाल आयल निगमका कर्मचारीले पारिश्रमिकबाहेक मासिक औसत १ लाख रुपैयाँ बोनस पाउने भएका छन् । ऋणमुक्त भएपछि पनि निगमले पेट्रोलियम पदार्थको नाफा उच्च राखेकाले बोनसमा ठूलो रकम पाउने देखिएको छ। कारोबार दैनिकमा समाचार छ।
यो बोनस रकम आधारभूत पारिश्रमिकभन्दा ४ गुणा बढी हो। निगमका अनुसार मासिक पेट्रोल २९ हजार किलोलिटर तथा डिजेल १ लाख १० हजार, मटि्टतेल १५ सय र हवाइ इन्धन १० हजार किलोलिटर खपत हुन्छ।यस्तै, खाना पकाउने एलपी ग्यास २७ हजार टन बिक्री हुने गरेको छ। पेट्रोलमा प्रतिलिटर ६.६१ रुपैयाँ नाफा छ भने डिजेलमा ०.६७, मट्टीतेलमा १६.७२, हवाइ इन्धनमा (स्वदेशी) १६.६४ र इवाइ इन्धन (अन्तर्राष्ट्रिय) मा २२.७७ रुपैयाँ नाफा छ।
यस्तै, ग्यासका प्रतिसिलिन्डर ४५.०७ रुपैयाँ नाफा छ। यही आधारमा निगमलाई मासिक १ अर्ब रुपैयाँ नाफा हुने देखिन्छ। नाफाको ६ प्रतिशत छुट्टाइए ६ करोड रुपैयाँ बोनस शीर्षकमा जम्मा हुन्छ।

निगममा कार्यरत ५ सय कर्मचारीबीच यो रकम जनही बाँडफाँड गर्दा प्रतिकर्मचारी १ लाख २० हजार रुपैयाँ पर्दछ।निगमका तल्लो तहका कर्मचारीको पारिश्रमिक २० हजार रुपैयाँ छ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.