-->
आजको राशिफल – मिति वि.सं. २०७३ साल असार २९ गते बुधबार तदानुसार इश्वी सन् २०१६ जुलाई १३ तारिख – भानु जयन्ती

आजको राशिफल – मिति वि.सं. २०७३ साल असार २९ गते बुधबार तदानुसार इश्वी सन् २०१६ जुलाई १३ तारिख – भानु जयन्ती
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। सुखदुःखमा सहयोग जुटाउनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिस्पर्धामा विजयी भइनेछ भने रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिद्वन्द्वीहरू सजिलै किनारा लाग्नेछन्। ईर्ष्या गर्नेहरूले केही अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बुद्धिको उपयोगले लक्ष्य हासिल हुनेछ। आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ। इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ। सन्तान तथा अनुयायीले प्रसन्नता दिलाउनेछन्। बौद्धिक कार्यबाट मनग्य धनलाभ हुनेछ। परिणाम देखाएर लाभ उठाउन सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साझेदारीमा देखिने असमझदारीले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिनाले अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। आफ्ना योजना तत्काल सार्वजनिक नगर्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विभिन्न भौतिक साधन जुट्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। नयाँ वस्त्र एवं आभूषण प्राप्त हुन सक्छ। कृषि तथा व्यापारमा मनग्य लाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा फाइदा हुने समय छ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। मेहनत गर्दा मानोकांक्षा पूरा हुने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। तर, आलस्य गर्दा अवसरबाट वञ्चित भइनेछ। बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। पठन–पाठनमा प्रगति हुनेछ। तार्किक क्षमताले मानसम्मान दिलाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
साथ दिनेहरू बढ्नेछन्। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढिन सक्छन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
श्रमको उचित मूल्यांकन हुनेछ भने आँटले काम लिँदा मनग्य फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनुका साथै नजानेको सीपसमेत हासिल हुने योग छ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। सोचेको लाभ नभए पनि मेहनत गर्दा अलि कम मूल्य प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। मेहनत गर्दा दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। कमजोरीले सताउनेछ भने समयमा काम पूरा गर्न नसकिएला। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। अरूका जिम्मेवारीसमेत वहन गर्नुपर्ने अवस्था आउन सक्छ। आशा देखाउनेहरूबाटै धोका पाइएला। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन् भने कामको गतिमा कमी आउने सम्भावना छ।(नेपाली पात्रोबाट) 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.