-->
सुसाइट नाेट लेखेर संगितकार माेक्तानले ४ तलामाथीबाट हामफालेर गरे अात्महत्या : अाखिर किन ?

इटहरी । पूर्वाञ्चल रेकर्डीङ स्टुडीयाे इटहरीमा रहेर केही महिनादेखि  काम गर्दै अाएका गिटारिस्ट तथा संगितकार दार्जिलिंग निवासी प्रमाेद माेक्तानले बिहीबार बिहान स्टुडीयाे छेउकाे गल्लीमा मृत अवस्थामा फेला परेका छन । क्षत बिक्षत अवस्थामा फेला परेकाे शव संगितकार माेक्तानकै रहेकाे र उनले स्टुडीयाे भवनकाे चाैथाे तल्लाबाट हाम फालेर अात्महत्या गरेकाे त्यहाका स्थानीयवासीहरूले बताएका छन ।

स्थानीयले अात्महत्या भनेपनि  पाेस्टमार्टमकाे रिपाेर्ट नअाए सम्म हत्या या अात्महत्या केही बताउन नमिल्ने इलाका प्रहरी कार्यालय इटहरीले बताएकाे छ । घटनाकाे बिषयमा अनुशन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी अाेम अधिकारीले बताए । उनले घटनास्थलबाट मृतक संगितकार माेक्तानले लेखेका एक सुसाइट नाेट फेला पारीएकाे र त्यसमा अाफ्नै मर्जीले अात्महत्या गरेकाे खुलाएकाे डिएसपी अधिकारीले बताए ।

मृतक माेक्तानकाे शव पाेष्टमार्टमकालागि बुधवार बिहान धरान स्थित बिपी प्रतिष्ठान धरान लगिएकाे र शव बुझ्नकाे निमित्त मृतककाे अाफन्तहरूकाे खाेजी सुरू गरीउकाे तर हाल सम्म फेला नपरेकाे इलाका प्रहरी कायार्लय इटहरीले जनाएकाे छ । यता  पूर्वाञ्चल रेकर्डीङ स्टुडीयाे इटहरीका सञ्चालक रूद्र श्रेष्ठसंग सम्पर्क गर्दा मंगलबार राती अाफुहरू खाना खाएर सुतेकाे र बुधबार बिहान अचानक स्थानीयहरूकाे हल्ला गुञ्जिन थालेपछि संगितकार माेक्तानले भवनकाे ४ तलाबाट हाम फाले अात्माहत्या गेकाे जानकारी प्राप्त भएकाे बताएका छन ।

उनले माेक्तान २ महिनादेखी अाफ्नाे स्टुडीयाेमा गिटारिस्टकाे रूपमा काम गर्दै अाएकाे पनि बताए ।  मदिरा र धुम्रपानकाे लतमा फसेका उनकाे बसार्इकाे कुनै टुंगाे नहुनेपनि स्टुडीयाे सञ्चालक श्रेष्ठले बताए । धुम्रपान र मदिरा छाडन पटक पटक अाग्रह गर्दा पनि संगितकार माेक्तानले नमानेकाे श्रेषठकाे भनाइ छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.