असार २९, २०७३- नयाँ सरकार गठनको तयारी चल्दैगर्दा नयाँ शक्तिले अस्थिरता आउनुमा संविधानमा अवलम्बन गरिएको प्रणालीलाई दोष दिएको छ । असफलसिद्ध संसदीय प्रणालीलाई
दोहोर्याउँदा छिटछिटो सरकार परिवर्तनको खेल हुन पुगेको नया शक्तिको विज्ञप्तिमा उल्लेख छ ।‘हालै विकसित राजनीतिक घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । स्थायित्व र विकासको प्रस्थानविन्दू हुने ठानिएको नया संविधान जारी भएपछि पनि निरर्थक सरकार गठन र विघटनको श्रृंखलाको अन्त्य हुन सकेन,’ प्रवक्ता खिमलाल देवकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नयाँ शक्ति पार्टीले उठाउदै आएको स्थायित्व र विकासका निम्ति पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको औचित्य र आवश्यकता पुन: पुष्टि भएको छ ।’
विज्ञप्तिमा संविधानको कार्यान्वयनका लागि मधेस, थारु, जनजाति लगायतका मागहरुको सम्बोधन गर्न नसक्नु, भूकम्पपीडितहरु प्रति संवेदनहिनता प्रदर्शन गर्नु, कालाबजारी, महंगी र अभावलाई नियन्त्रण गर्न नसक्नु र भूराजनीतिक अवस्थितिका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलनकायमगर्न नसक्नु जस्ता कारणले सरकार असफल भइरहेका बेला फेरि अर्को गठबन्धन आउन लागेको आधार प्रष्ट नभएको आरोप लगाइएको छ ।
‘मुद्दाकेन्द्रित गठबन्धनभन्दा पनि कुर्सीकेन्द्रित गठबन्धन बन्ने र भत्कने प्रक्रियामा गुज्रेका कारण आम जनताका निम्ति यो परिघटना कागलाई बेल पाक्यो हर्ष न विस्मातबाहेक केहीभएको छैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘राजनीतिक संक्रमणको यो गम्भीर मोडमा नेपाली राजनीतिको स्थायित्व र लामो संघर्षबाट प्राप्त राजनीतिकउपलब्धिको रक्षा, संविधानको स्वीकार्यतासहित जनताकापक्षमा संविधानको प्रभावकारी कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र जनताले भोगेका दैनिक जीवनका समस्याको समाधानको दिशामा केन्द्रित हुन सम्बन्धित पक्ष सरोकारवाला र आमजनसमुदायमा अपिल गर्छौं ।’Ekantipur


0 comments
प्रतिक्रिया दिनुहोस्...