-->
एटीएम कार्डबाटै अनलाइन पेमेण्ट

तपाईँसँग एससीटी नेटवर्कको एटीएम कार्ड छ? यदि छ भने ढुक्क हुनुहोस्, अब तपाईँले अनलाइन पेमेण्टका लागि कुनै कठिनाइ बेहोर्नुपेर्ने छैन।एटीएम कार्डको प्रयोग एटीएम मेशिनका अलावा मोबाइल र कम्प्युटरमा पनि हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ।

हो, तपाईँसँग एससीटी नेटवर्कको एटिएम कार्ड छ भने अनलाइनमार्फत बस्तु तथा सेवा खरीदबापत सजिलै भुक्तानी गर्न सक्नुहुने खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ।


 
अनलाइन सपिङ अर्थात इन्टरनेटमार्फत बस्तु तथा सेवा खरीदविक्री गर्न चाहनेहरुका लागि गतिलो पेमेन्ट गेटवेको अभाव खट्किदै आएको छ । तर, यसको सजिलो र भरपर्दो विकल्पका रुपमा स्वदेशी एटीएम नेटवर्कले सेवा दिन सुरु गरिसकेको छ ।हाल मुलुकभर सयौं अनलाइन साइट सञ्चालनमा छन्, जसले अनलाइनमार्फत भुक्तानी सुविधा खुला गरेका छन् ।

अनलाइन पेमेन्टका लागि एटीएक कार्ड हुनु आवश्यक छ । यसमार्फत सम्बन्धित बैंक खातामा भएको रकम सोझै अनलाइनमार्फत खर्च गर्ने सुविधा पाउन सकिन्छ ।हाल विभिन्न ६५ बैंक तथा वित्तीय संस्थाले एटीएम कार्ड वितरण गरेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.