साँझ मार्केट गएर फर्कँदै थिए, ४ जनाको समूहमा आएका युवाहरुमध्ये एक जनाले मलाई उछिने र घाँटी समाए अर्को दुइजनाले हात समाते एकजनाले कुट्पिट गरेर खल्ती च्यात्दै साथमा भएको नगद लुटे म चिच्चाउन समेत सकेन मलाई छोडेर अर्कोलाई पनि आकर्मण गर्न थाले म सपनामा जस्तै हिँडेर ज्यान बाँच्यो भन्ने सोचेर सरासर कोठा आइपुगे आकर्मणमा परेका पुनले भने । यहाँ यस्तो घटना धेरै हुन थालेको छ सबै नेपाली दाजुभाइहरु सजक रहनुपर्ने देखिन्छ पुनले थपे ।
आकर्मणबाट पुनको आखा घाटी र कन्चटमा सामान्य चोट लागेको र कपडा च्यातिएको अवस्थामा कोठा आइपुगेको कोठामा सँगै रहँदै आएका पुनका सहकर्मी हितमान जुग्जालीले जानकारी गराए ।
नेपालीहरुको प्रमुख गन्तव्यमध्येको साउदी अरब विदेशी कामदारको लागि दलालको ठगी बाहेक सुरक्षामा बलियो मानिएको देश हो । पछिल्लो समय यमनमा भएको द्वन्दमा साउदी अरबियाको आकर्मण भएपछि जिजानलगाएत यमनसँगको सिमा क्षेत्रमा असुरक्षा देखिएको थियो ।
स्थानिय युवाहरुको उश्रंखल गतिविधी आकर्मण र लुटपात जस्ता घटनाले त्यहाँ त्यहाँ रोजगारमा कामदारहरु चिन्तित देखिन्छन । साउदी अरबको दम्माम क्षेत्रका सियाद , अल (खोबार , जुबेल एरियामा नेपालीलगायत अन्य मुलका कामदारहरुमाथि समेत लुटपात र आकर्मणको घटना बढ्दै गएको त्यहाँ कार्यरत नेपालीहरु बताउँछन् ।Ratopati

0 comments
प्रतिक्रिया दिनुहोस्...