असार १८, २०७३- हतियारसहित पक्राउ परेका कहलिएका गुन्डा नाइके विश्वक्रान्ती सिंह पूर्पक्षका लागि जेल चलान भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई चैत २३ मा खैरो हेरोइन, हतियार र सिहर्ससहित पक्राउ गरेको थियो ।
लागुऔषधको अनुसन्धान सकाएर प्रहरीले जिल्ला न्यायधिवक्ताको कार्यालय ललितपुरमा पठाएको प्रस्तावित रायका आधारमा न्यायधिवक्ताको कार्यालयले उनी विरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।
अदालतले प्रारम्भिक थुनछेककोक्रममा उनलाई लागुऔषध मुद्दामा शुक्रवार पूर्पक्षका लागि थुनामा पठाएको हो ।
ललिपुर परिसरका प्रमुख एसएसपी पिताम्बर अधिकारीका अनुसार विश्वक्रान्ती अवैध हतियारको आडमा ठेक्का पट्टाहरुबाट असुली गर्ने, व्यवसायीहरुलाई धम्की दिँदै रकम असुली गर्ने, लेनदेनको रकम असुली गरेर कमिशन लिने, गुण्डागर्दी, ग्याङ फाईटमा संलग्न हुने र लागुऔषधको कारोबार जस्ता आपराधिक गतिविधीमा कहलिएका गुन्डा हुन् ।
प्रहरीले उनको साथबाट फेला पारेको हतियार भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति पाएको खुलेको थियो ।
गुन्डा नाइके विश्वक्रान्ती जेल चलान
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...