माओवादी केन्द्रबाट को–को बन्दैछन मन्त्री ?
काठमाडौं, असार ३० । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससँगको सहकार्यमा नयाँ सरकार गठनको तयारीमा नेकपा (माओवादी केन्द्र) जुटेको छ ।
कांग्रेस र माओवादी केन्द्रले संयुक्त सरकार बनाउने भने पन प्रधानमन्त्री को बन्ने भन्ने अझै स्पष्ट भइसकेको छैन ।
माओवादीका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै अबको प्रधानमन्त्री भएको बताउँदै आए पनि कांग्रेसले भने उक्त कुराको आधिकारिक पुष्टि गरिसकेको छैन् ।
प्रधानमन्त्री नै को बन्ने भन्ने टुङ्गो नलाग्दै माओवादी केन्द्रले भने मन्त्रीहरुको सूची तयार गरिसकेको छ । कांग्रेसले १४ र माओवादीले ८ मन्त्रालय चलाउने सहमति भएको भनिएको छ । उक्त आठ मन्त्रालयका लागि माओवादी केन्द्रले १२ जनाको नाम समेटिएको सूची तयार गरिएको छ ।
मन्त्रीहरुको सूची तयार गर्न नेता कृष्णबहादुर महरालाई जिम्मेवारी दिइएको थियो । महराले १२ जनाको नाम समेटिएको सूची बनाएर दाहाललाई बुझाएको बताइएको छ ।
उक्त सूची अनुसार महराले आफूलाई अर्थमन्त्रीको रुपमा दावी गरेका छन् । त्यसैगरी, रेखा शर्मालाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दोहो¥याउने प्रस्ताव गरिएको छ । त्यसैगरी, मधेशी समुदायबाट प्रभु शाह र थारु समुदायबाट बुद्धि सागर चौधरीलाई मन्त्री बनाउन प्रस्ताव गरिएको बुझिएको छ ।
महराले रेखा शर्मालाई पुनः मन्त्री बनाउनु पर्ने भने पनि माओवादीका केही नेता भने उनलाई दोहो¥याउन नहुने पक्षमा छन् । रेखाको ठाउँमा सीता नेपालीलाई मन्त्री बनाउनुपर्ने भन्दै केही नेताले दाहाललाई दबाव दिइरहेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...