अविश्वासको प्रस्ताव फेल हुन्छ, यही सरकार अघि बढ्छ
काठमाडौं, ३० असार । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीविरुद्ध पेश गरेको अविश्वासको प्रस्ताव फेल हुने दाबी गर्नुभएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पोखरेलले भन्नभयो, ‘आग्रह, पूर्वाग्रह राखेर वर्तमान सरकार ढाल्न अध्याँरो कोठामा अर्काले लेखिदिएको स्क्रिप्ट बोेकेर साथीहरू नाँचिरहनुभएको छ, हुनेवाला केही छैन, अविश्वाको प्रस्ताव फेल हुन्छ, यही सरकार अघि बढ्छ ।’ मन्त्री पोखरेलले कांग्रेस–माओवादी केन्द्रका नेताहरू विदेशीको एजेण्डा बोकेर भरिया बनेको आरोप समेत लगाउनुभयो ।
उहाँले चीनसँगको सम्झौता कार्यान्वयन हुन नदिने षड्यन्त्रसहित अविश्वासको प्रस्ताव पेश भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले जनताको पक्षमा दीर्घकालीन हित हुने काम गरेकै कारण हटाउनुपर्ने कारण के हो?, राष्ट्र र राष्ट्रियताको मुद्दा बोकेकै कारण हटाउनुपर्ने, यो गम्भिर विषय हो, यसको मूल्यांकन जनताले गर्नेछन् ।’
उहाँले वर्तमान सरकार अल्पमतमा परेको भन्ने टिप्पणीको खण्डन गर्दै भन्नुभयो, ‘अल्पमतमा परेको भए किन उहाँहरुले अविश्वासको प्रस्ताव पेश गर्नुभयो ?’


0 comments
प्रतिक्रिया दिनुहोस्...