उर्लाबारी, १७ असार, मोरङको मधुमल्लास्थित बक्राहा खोलामा एकसाता अघि गएको बाढीले विस्थापित भएका २ सय घर परिवारको लागि मोरङको उर्लाबारीमा राहत सङ्कलन टोलीले ७३ हजार ३ सय १३ रुपैयाँ सङ्कलन गरेको छ । शुक्रवार बजारका आसापास क्षेत्रमा घरदैलो अभियान गर्दै राहत सङ्कलन टोली उक्त रकम सहित ३० हजार बराबरको खाद्यान्य र लत्ता कपडाहरु पनि सङ्कलन गरेको हो । न्यानो अभियान टिम उर्लाबारीको आयोजना तथा चलचित्र पत्रकार संघ पूर्वाञ्चल शाखा, उर्लाबारी युवा क्लव, चिन्तन चौतारी समुह, मंगलवारे युवा समाज, दिपज्योती युवा क्लव, उज्यालो राजघाट लगायतको सहकार्यमा राहत संकलन गरिएको हो । बजारबासीले चाउचाउ, नगद, कपडा लगायतका राहत सामग्री सहयोग गरेका थिए । राहत सङ्कलनमा न्यानो अभियानका संयोजक पूर्ण सिंगक लिम्बू, समाजसेवी भोलामान श्रेष्ठ, जयधर्म आचार्य, महिला अगुवा शोभितमाया तामाङ, मिना कार्की, शिक्षिका रीताकुमारी खड्गी, निरु चौहान, निर्मला घले, चिन्तन चौतारीका गणेश खड्का, उर्लाबारी जेसिजका अध्यक्ष पवन भट्टराई, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष भरत भट्टराई, वाणिज्य उपाध्यक्ष यामलाल रसाईली, राहत अभियानकर्मी कमल वाईवा, कृष्ण बाईवा, पुष्प पाण्डे, गोविन्द खनाल, दिपिन खड्का, विवेक हिङमाङ, बिमक कुँवर, भुवन श्रेष्ठ, अर्जुन खड्का, ज्ञानु योन्जन, पत्रकार हरि कोईराला, सन्तोष राई, घनश्याम भण्डारी, इश्वरी भट्टराई लगायतको सक्रिय सहभागिता रहेको थियो । राहत सङ्कलनमा सहयोग गर्ने उर्लाबारीबासी तथा ब्यापारी सम्पूर्णलाई कार्यक्रममा बोल्दै समाजसेवी भोलामान श्रेष्ठ, जयधर्म आचार्य र अभियानका संयोजक पूर्ण सिंगकले धन्यवाद ज्ञापन गरेका छन् । यसैगरी बिहीवार पथरीमा ४९ हजार ४३ रुपैयाँ राहत संकलन भएको अभियानका आर्थिक संयोजक तेजन खड्काले जानकारी दिएका छन् । source : ajako khabar
बाढीले विस्थापित भएका २ सय घर परिवारको लागि मोरङको उर्लाबारीमा राहत सङ्कलन
टोलीले ७३ हजार ३ सय १३ रुपैयाँ सङ्कलन
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...