-->
जापानी सम्राटद्वारा गद्दीत्याग्ने इच्छा प्रकट


टोकियो (जापान), ३० असार - जापानका वयोवृद्ध सम्राट अकिहितोले आफ्नो जिम्मेवारी ५६ वर्षीय जेठा छोरा राजकुमार नारुहितोलाई सुम्पिने इच्छा प्रकट गर्नुभएको यहाँको सञ्चारमाध्यम एनएचकेले सूचनाको स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

पछिल्ला वर्षमा बुढ्यौली र विविध स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रस्त ८२ वर्षीया अकिहितोले जापानको राज्य प्रमुखका रुपमा २७ वर्ष लामो अनुभव लिइसक्नुभएको छ ।
यदि अकिहितोले जिम्मेवारीबाट अलग्गिएमा जापानी इतिहासमा दुई सय वर्षयता उहाँ नै जीवितै सम्राटबाट बाहिरिने पहिलो व्यक्ति हुनुहुनेछ ।

सम्राट अकिहितोको सन् २००३ मा प्रोस्टेट क्यान्सर र चार वर्ष पहिलो मुटुको बाइपास सर्जरी गरिएको थियो ।

मैले बुढ्यौलीको महसुस गर्न थालेको छु र समय–समयमा गल्ती गर्ने गरेको छु, डिसेम्बरमा आफ्नो जन्मदिन मनाउनुपूर्व उहाँले गरेको प्रेस सम्मेलनमा बताउनुभएको थियो ।

तर जापानको क्योदो न्युज एजेन्सीले एक सरकारी स्रोतलाई उद्धृत गर्दै सम्राट अकिहितोको स्वास्थ्यको कारण जिम्मेवारीबाट बाहिरिनुपर्ने अवस्था नआएको बताएको छ । रासस/एएफपी



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.