-->
प्रधानमन्त्रीमा काँग्रेसको दाबी

काठमाण्डु, ३० असार– नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व आफूले लिनुपर्छ भन्ने बहस सुरु भएको छ ।

sherbahadur

यसका लागि ठोस निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले बताए ।

‘सरकारबाट माओवादी बहिर्गमनपछि वर्तमान सरकार संसदमा अल्पमतमा परेको छ’, केसीले भने, ‘यस अवस्थामा काँग्रेस र माओवादीकै बीचमा सहमति भएर नयाँ सरकार बन्ने हो ।’ उनले बहुमतमा रहेको सरकार अल्पमतमा परेपछि स्वतः अपदस्थ हुने संसदीय परम्परा रहेको उल्लेख गरे ।

यस अवस्थामा सबैभन्दा ठूलो दल कांग्रेसले सरकारको नेतृत्व गर्नु स्वभाविक हुने केसीले बताए ।  ‘काँग्रेस ठूलो दल हो, नेतृत्वको दाबी स्वभाविक रुपमा गर्छ तर अहिलेको वस्तुस्थितिलाई हेरेर हामी वैकल्पिक नेतृत्व पनि स्वीकार गर्न सक्छौं, केसीले भने ।
गोरखापत्र दैनिकबाट



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.