-->
ओलीलाई हटाउनु गलत निर्णय, ठूलो मूल्य चुकाउनुपर्ने सुजाताको चेतावनी

पार्टीमा सभापति देउवाले एकलौटी गरेको आरोप
भक्तपुर, ३१ असार । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार परिवर्तनका लागि संवैधानिक जटिलता रहेको बताउनुभएको छ । आज रफत् सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारलाई हटाउँदा आइपर्ने संवैधानिक

जटिलताका बारेमा अध्ययन नगरी निर्णय गर्नु गलत भएको बताउनुभयो । नयाँ सरकार गठन गर्दा आइपर्ने संवैधानिक जटिलताको अध्ययन नै नगरी नयाँ सरकारको गठनमा हतारिनु गलत भएको उहाँको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अबको भूमिकाले कसको नेतृत्वमा कस्तो सरकार बन्छ भन्ने निर्धारण गर्ने नेत्री कोइरालाले बताउनुभयो । वर्तमान समयमा ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सबैलाई समेटर अगाडि बढेर सहमतिको सरकार निर्माण भएमात्रै देशले निकास पाउने टिप्पणी गर्दै उहाँले भन्नुभयो- “काँग्रेस र एमाले मिलेर अगाडि नबढे संविधान कार्यान्वयनमा जटिलता आउँछ, छिटोछिटो सरकार परिवर्तनले नेपालको आर्थिक विकास र राजनीतिक परिवर्तनमा ठूलो धक्का लाग्छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.