-->
आगलागीमा परेका तीन हजारको उद्वार, अग्निनियन्त्रकको मृत्यु

टोरिलेस (फ्रान्स), ३० असार । दक्षिणी फ्रान्सको एक पर्यटकीय स्थलमा भएको आगलागीबाट अग्निनियन्त्रकले कम्तीमा पनि ३ हजार जनालाई उद्वार गरी बचाएका छन् ।mir
तर ती अग्निनियन्त्रकको भने सो आगोको ज्वाला निभाउने क्रममा परी निधन भएको खबर छ । दक्षिणी फ्रान्सको टोरिलेस, आरेन्टलस्मा फ्रान्स र अरु युरोपेली देशका कम्तीमा पनि तीन हजार पर्यटक बिदा मनाउन त्यहाँ पुगेका थिए ।
त्यस पर्यटकीय क्षेत्रमा आगलागी भएपछि हजारौँजनाबीच भागाभाग भएको थियो । तर चारैतर्फबाट घेरिएर आगोको मुस्लो आएको थियो ।
अग्निनियन्त्रकहरुले उक्त परिस्थितिलाई नियन्त्रणमा लिएर आगो निभाउने काम गरेका थिए । यस कार्यपछि त्यस क्षेत्रमा रहेका ती नागरिकलाई बचाउन सफल भएको बताइएको छ ।
तर अग्निनियन्त्रक भने सो क्षेत्रमा उद्वारका क्रममा गुडाएको सवारी साधनको अनियतन्त्रित् गतिका कारण सो दुर्घटना हुन पुगेको बताइएको छ ।
उद्वार गरिएका ती नागरिकले यसलाई अत्यन्तै दुःखद खबर भन्दै यसप्रति गहिरो दुःख व्यक्त पनि गरेका छन् ।
अरु तीनजना यी अग्निनियन्त्रक पनि गम्भीर रुपमा जलेका र अस्पतालमा भर्ना गरिएको छ । –एएफपी
dainiknepal


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.