रियल मड्रिडलाई पछि पार्दै अमेरिकी रग्वी टोली डल्लास काउव्वाइ विश्वको सबैभन्दा धनी क्लबको सूचीमा उक्लिएको छ।
यस सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि विजेता रियल म्याड्रिड अघिल्लो वर्ष सबैभन्दा धनी क्लबमा एक नम्बरमा थियो।
फोर्व्सले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काउब्वाइ ३ विलियन पाउण्ड ब्राण्ड मूल्यसहित शीर्ष स्थानमा उक्लिएको हो।
गत सिजन ११औं पटक च्यामिपयन्स लिगको उपाधि जिते पनि रियलको मूल्य २.८ विलियन पाउण्डसहित दोस्रो स्थानमा छ।
सूचीमा २.७ विलियन पाउण्डसहित बार्सिलोना एक स्थान माथि उक्लदै तेस्रो स्थानमा छ।
त्यस्तै अघिल्लो वर्ष दोस्रो स्थानमै रहेको अमेरिकाको बेसबल टिम न्यूयोर्क याङकिज २.६ विलियन पाउण्ड ब्राण्ड मूल्यसहित चौथो स्थानमा परेको छ।
यस्तै इंग्लिस प्रिमियर लिग महारथी म्यान्चेस्टर युनाईटेड २.५ विलियन पाउण्डसहित पाचौं, बायन म्युनिक १२औं, तथा आर्सलन २३औं स्थानमा रहेका छन्।
फोर्व्सको तथ्याङ्कमा विश्वका धनी स्पोर्टस् टिमको शीर्ष १० भित्र ५ टोली अमेरिकी रग्वी लिग एनएफएलका टोलीहरू परेका छन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...