-->
पूर्वमन्त्री लालबाबु पण्डितको डेरामा बास,टेम्पोको यात्रा

एक पटक मन्त्री बनेर भुपु भएका हाम्रा देशका अधिकाश मन्त्रीहरु सरकारी गाडि  माथि गिद्धे नजर राख्दै  लुट मच्चाइरहँदा एक जना अपवाद मन्त्री भेटिन्छन । जस्ले न त पूर्व मन्त्रीको हैसियतले कुनै सबारी साधन नै लिए न त लिए सुरक्षाकर्मी नै ।

उनी अरु कोही नभएर यस अगाडि सामान्य प्रशासन मन्त्री रहि वाहवाही कमाएका लालबाबु पण्डित हुन ।  सामान्य प्रशाशनमन्त्री बनेर वाहवाही कमाएका र नेपालीको मन मुटुमा बस्न सफल यि निवर्तमान मन्त्री वास्तवमै कम्युनिष्ट भनाँउदाहरुका लागि अनुकरणीय पात्र हुन । मन्त्री भएर यिनले न त कुनै गलत बाटो अपनाएर वंगला जोड्ने सपना देखेनन । त्यसैले त यिनको बास अहिले पनि डेरामै छ ।
माइक्रोमा यात्रारत अरुले सायदै सोचेका थिए, यसरी पण्डित टेम्पोमा भेटिएलान् । जब पण्डितले टेम्पो रोके यात्रुमा भिन्दै उत्साह देखियो । अर्धबैंशे दम्पत्तिले पण्डितलाई आउनुहोस् आउनुहोस् भन्दै स्वागत गरे । तीनकुनेस्थित कान्तिपुर टेलिभिजन नजिकै पण्डित डेरामा बस्छन् ।

यही डेराबाट उनीबाट टेम्पो अर्थात माइक्रो चढ्छन सम्बन्धित गन्तव्यमा पुग्दछन र आम सामान्य मान्छेले झै यिनै सवारी साधनमा झुण्डिएर उनी आफ्नो डेरामा फर्कन्छन ।
मंगलवार पण्डितको यस्तै सादगी जीवन यापनको तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको छ । पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डित सगरमाथा टेलिभिजनबाट तीनकुनेस्थित डेरातर्फ जांदै थिए । उनी टेलिभिजनमा अन्तरवार्ता दिनका लागि पनि माइक्रो नै चढेर आएका थिए ।

पण्डितले चाहेको भए टेलिभिजनले डेरासम्म गाडी पठाउन सक्थ्यो । उनले भने, ‘मलाई माइक्रो नै सजिलो लाग्छ । हतार हुँदा र आयोजकले व्यवस्था गर्दामात्र निजी सवारी साधन चढ्छु ।’ सामान्य प्रशासनमन्त्री हुनुपूर्व लालबाबु पण्डितको चिनारी सामान्य नेताको थियो ।

असाधरण छबी बनाएका पण्डितको साधरण जीबनशैलीले झन प्रभावित बनाउने गरेको छ । यही बुझेर होला, उनका सहयोगी वासिम वालमले माइक्रो यात्राको पोज सार्वजनिक गरिदिए ।

-yes kathmandu 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.