लर्ड्समा भएको खेलमा एमसिसी सामु नेपालले दियो २१८ रनको लक्ष्य
काठमाडौं, साउन ४ – नेपालले विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसी सामु २१८ रनको लक्ष्य प्रसतुत गरेको छ । क्रिकेटको मक्का मानिने लर्ड्समैदान भएको भएको एक दिवसीय मैत्रीपूर्ण खेलमा नेपालले एमसिसी सामु २१८ रनको लक्ष्य दिएको हो ।
टस जितेर ब्याटिङ रोजेको नेपालले आठ विकेट गुमाएर निर्धारित ५० ओभर खेल्दै २१७ रन जोडेको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै पारस खड्काले ३०, शरद भेषवाकारले २७, सागर पुनले २६ रनको योगदान गरेका छन् । बसन्त रेग्मीले २४, राजु रिजालले २४, सोमपाल कामीले २० रनको योगदान गरे । अब जवाफी ब्याटिङमा घरेलु टोली एमसिसी उत्रने छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...