-->
भूकम्पपीडितको शिविरभित्र भल पानी

असार १७, २०७३- लगातारको बर्षादपछि विस्थापित भूकम्पपीडितहरु टहराभित्रसमेत असुरक्षित महसुस गर्न थालेका छन् ।

सुस्पाक्षेमावती गाविसभित्र वस्ती जोखिममा परेको भूकम्पपीडितहरुले खडा गरेको अस्थायी शिविरका टहराहरुसमेत खतरामा परेपछि ८४ परिवारको विजोग भएको छ । सामुदायिक बनभित्रको पोखरेको भिरालो पाखामा खडा गरिएको शिविरका टहराभित्र भल पस्ने गरेपछि उनीहरुले खतरा ठानेका हुन् ।

टहरामा छानाको रुपमा प्रयोग गरिएका त्रिपालहरु पुरानो भै चुहन थालेको छ । कतिपयको जस्ताको छानासमेत भारी बर्षासामु कामयावी देखिएको छैन् । सिमान्कृत थामी समुदायको शिविरहरु बर्षदिन अगाडी बनाइएकाले जीर्ण भैसकेको छ । सुस्पा- १ वोसिम्पा र बुमा वस्तीबाट सरेका उनीहरु खतराबाट ब‘च्न अर्को ठाउ‘ कहॉ जाने सोच्न थालेका छन् ।
भूकम्पपछि घर भत्कनुका साथै जमिन चिरिएपछि बोसिम्पाका ५७ घर र बुमाका २६ घर पोखरे सरेका थिए । दलदल जमिन र भिरालो भएकाले पसेका भलले पीडितहरु हिलोमाथी सुत्नु पर्ने अवस्था आएको भीमबहादुर थामीले बताए ।

लगातारको बर्षादले शिविरका बालबच्चा र सुत्केरीहरु बढी समस्यामा परेका छन् । भीमबहादुरका अनुसार शिविरमा ३५ जना बालबालिका छन् । १३ जना आलो र केही महिनाका सुत्केरी महिला छन् । घाम नलागेपछि चिसोले आमा र बच्चा दुवै विरामी पर्न थालेका छन् ।

थातथलो बोसिम्पा र बुमामा पहिरो खतरा भएपछि उनीहरु पखरे सरेका हुन् । बर्षादका कारण पोखरे पनि बस्नलायक नभएपछि विस्थापितहरुको फारम भरेर सरकारलाई सुरक्षित स्थल खोजिदिन अपिल गरिएको स्थानीय मानबहादुर थामीले बताए ।

लगातारको झरीले दोलखाका करिब ६० हजार परिवार विचल्लीमा परेका छन् । पीडितमध्य अधिकाशं भूकम्पपीडितले अझै सुरक्षित आवास बनाउन सकेका छैनन् । कतिपय त्रिपालमुनी नै छन् । भीमेश्वर नगरपालिका भित्र नै त्रिपालभित्र जीवनयापन गरिरहेका पीडितहरु छन् । भीमेश्वर नगर वडा नं. ४ स्थित फुलपाका तामाङ समुदायमध्ये घरले अस्थायी टहरासमेत बनाउन सकेका छैनने ।

स्थानीय निरबहादुर तमाङका अनुसार त्रिपालमुनी बस्नेहरु भिजरै रात कटाउछन् । उनीहरुको अन्न र लुगाभिजेर कुहिन थालेको छ । ओताउने अवस्थासमेत नभएपछि उनीहरुले फेरि त्रिपालको आसा गरेको उनले बताए । वडा सचिव ज्ञानु खड्काले अझै उक्त गाउँका ५० परिवार पालभित्रै छन् । पाल कुहिएकाले उनीहरुको आवासभित्र पानीको पोखरी जम्छ ।Source : ekantipur


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.