
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मधेसी मोर्चालाई फकाउन अनशन स्थल खुल्लामञ्च पुगेका छन् । एमाले गठबन्धनबाट अलग्गिएपछि प्रचण्ड मधेसी मोर्चाको साथ खोज्न थालेका छन् । मधेसी मोर्चाको साथ खोज्दै शुक्रबार अनशनस्थल खुल्लामञ्च पुगेका हुन् । मधेसी मोर्चाले लामो समयदेखि खुल्लामञ्चमा अनशन गरिरहेको छ ।
‘मलाई आज माइती आए जस्तो भएको छ’ अनशनमा बसेका मधेसी मोर्चाका नेता तथा संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग भने ‘तपाईहरुसँग भेट भएपछि लामो समयपछि माइति आए जस्तो भएको छ, अब माइतिको साथ छोड्दिँन, तपाईहरुले पनि साथ दिनु परयो ।’
प्रचण्डले माइति आएको बताएपछि अनशनमा रहेका मधेसी मोर्चाका नेताहरु हाँसेका थिए । जवाफमा उपेन्द्रले उखान ठोके । ‘म भन्छु माइती, माइति भन्छन कहिले आइति यस्तो ब्यवहार हामीसँग न हिजो थियो न आज छ’ उपेन्द्र यस्तो कटाक्ष गरेपछि दाहाल अनशन स्थलमै बसे ।
अनशन स्थलमा यावद, समाजबादी पार्टीका नेता शरदसिंह भण्डारी लगाएतका नेताहरु बसेका थिए । दाहालले आफु प्रधानमन्त्री भएपछि मधेस केन्द्रीत दलले उठाएका मागहरु सम्वोधन गर्ने आश्वासन पनि दिए । ‘तपाईहरुले उठाएका मागप्रति म जहिले पनि सकारात्मक नै थिए, तर ओलीजी नमान्दा सम्वोधन गर्न गाह्रो भयो’ प्रचण्डले भने ‘अब अनशन र आन्दोलन गर्ने दिन गए, सँगै बसेर मधेसका मुद्दा सम्वोधन गरौला ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...