
काठमाण्डुको पाँच तारे याक एन्ड यति होटलमा आयोजित भोजमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका राजेन्द्र महतो अन्य नेताहरुमा महिन्द्र राय यादव, सरतसिंह भण्डारीलगायत थिए । सो कार्यक्रममा पत्रकार ऋषि धमला पनि पुगेका थिए ।
केपी ओली सरकार ढाल्न सफल भएको खुसीयालीमा भारतीय राजदूत निकै प्रफूल्ल मुद्रामा रहेका भोजमा रहेका एक सहभागीले बताए । केपी ओलीको सरकार ढल्ने निश्चित भएको खबर पछि आयोजित भोजमा राजदूत रेले लामो समयदेखिको मेहनत सफल भएको बताएका थिए ।
उनले मधेसी नेताहरुलाई लाइनै राखेर अब प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुन निर्देशन दिएका थिए । अविश्वासको प्रस्ताव दर्ता भएमा प्रचण्डलाई सहयोग पुग्ने गरी मतदातमा सहभागी हुन पनि निर्देशन दिए ।
सो क्रममा मधेसी नेताहरुले फेस सेभिङका लागि संविधान संशोधनको प्रतिबद्धता प्रचण्ड र देउवाले दिनु पर्ने सर्त राखे । राजदूत रेले देउवा र प्रचण्डलाई भनेर त्यस्तो प्रतिबद्धता जुटाइदिने आश्वासन दिए । सो आश्वासन पछि सरकारमा जाने बाटो खुला हुने आशामा भोजमा सहभागी मधेसी नेताहरु पनि प्रफुल्ल भए ।kathmandu today

0 comments
प्रतिक्रिया दिनुहोस्...