-->
मलेसिया र सिंगापुरलाई उच्च गतिको रेलले जोड्ने

क्लालालम्पुर, असार । मलेसिया र सिंगापुर जोड्नका लागि उच्च गतिको रेल निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ ।   यी दुई देशबीच बहुप्रतिक्षित यस रेल सम्झौतामा अब चाँडै नै सम्झौता हुने जानकारी यसअघि देखि नै दिइएको थियो ।   बिहीबार मलेसियाका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचार सार्वजनिक गरेका राजधानी क्लालालम्पुरबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।   यस सम्झौतामा मलेसियाली प्रधानमन्त्री नजिब रजाक र सिंगापुरका प्रधानमन्त्री लि सिन लुङले हस्ताक्षर गर्नुहुने जनाइएको छ ।   यस सम्झौताबमोजिम उक्त रेलसेवाको निर्माण आगामी सन् २०१८ बाट सुरु हुने छ । उक्त आयोजना कहिलेसम्ममा पूरा हुने भन्ने बारेमा भने केही बताइएको छैन ।   यी दुई देशले एक अर्कालाई जोड्न तिब्र गतिको रेलसेवा निर्माण गर्ने सम्बन्धी सम्झौता गर्ने भनी केही वर्षअघि योजना बनाएका थिए ।   त्यसले अब छिट्टै मुर्त रुप लिने मलेसियाका स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका हुन् । तर यस समाचारमा यी दुई देशबीच के कति समयमा पग्न सकिन्छ भन्ने बारेमा भने केही दिइएको छैन । रासस/सिन्ह्वा 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.