विराटनगरः विद्यालयलाई सञ्चालन अनुमति नदिएको भन्दै जिल्ला शिक्षा कार्यालय मोरङमा तोडफोड भएको छ । विराटनगर ३ मा संचालनमा रहेको सेन्टमेरिज स्कूललाई कक्षा ८ को सञ्चालन अनुमति नदिइएको भन्दै बिहीवार शिक्षा कार्यालय पुगेको एउटा समूहले तोडफोड गरेको हो । कक्षा ८ मा अध्ययन गरिरहेका विद्यार्थीहरुका अभिभावकसहितको टोलीले जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालको टेबलको सिसा फुटाई दिएका छन् । यसभन्दा अघि पनि टोली आएर कक्षा ८ को अनुमतिका लागि आग्रह गर्दा कक्षा संचालन गर्नु पछि अनुमति पत्र दिउँला भन्ने जवाफ पाएको अभिभावले बताए । उनीहरुले जिल्ला शिक्षा कार्यालयले अनुमति नदिएमा कक्षा ८ मा अध्ययन गरीरहेका ८८ जना विद्यार्थीहरुको भविष्य चौपट हुने बताएका छन् । यता जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले भने यसभन्दा अघि विद्यालयको भौतिक पूर्वाधार लगायतका आवश्यक पूर्वाधार नपुगेकाले विभागबाट नै अनुमति नदिएको जानकारी दिनुभयो । यस्तै उहाले शिक्षा समितिको बैठक बसी यो समस्याको समाधान गनिे बताउनु भयो । विद्यालयले भने २०७२ पुष मसान्तभित्र आवश्यक कागजातहरु संलग्न गरी कक्षा ८ को संचालनका लागि अनुमतिको माग आवेदन पेश गरेको जनाएको छ । सम्बन्धित जिल्ला शिक्षा अधिकारीले कक्षा १० सम्म अनुमति दिइने अधिकार भएको भन्दै अभिभावकहरु आक्रोसित भएका थिए ।
शिक्षा कार्यालय मोरङमा तोडफोड, प्रमुखको कार्यकक्षमा पनि क्षति
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...