-->
केपी ओलीसँग देउवा फायर, जिल्ला जिल्लामा ओलीवरुद्ध नारा जुलुस गर्ने चेतावनी

बनेपा, १८ असार– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले विपक्षी दलसँग कुनै सल्लाह नगरेको गुनासो गरेका छन् ।

sherbahadur

पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको ९३औँ जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस काभ्रेपलाञ्चोकको भवन शिलान्यासपछि शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले सरकार मनपरी ढङ्गले अघि बढेको आरोप लगाए ।

सभापति देउवाले संविधानको कार्यान्वयन र भूकम्पपीडितलाई बसोबासको व्यवस्था गर्ने चुनौती काँग्रेसको काँधमा आएको उल्लेख गर्दै हिउँद र वर्षासमेत सकिन लाग्दा भूकम्पपीडितको पक्षमा सरकारले कुनै काम गर्न नसकेको बताए ।
उहाँले भने, ‘भूकम्पपीडित जुनसुकै पार्टीका हुन् तर कसैको नाम छुट्नुहुँदैन र भूकम्पपीडितमाथि जुन जिल्लामा अन्याय हुन्छ त्यस्ता जिल्लामा जुलुस र विरोध पनि गर्न जरुरी छ ।’

नेता देउवाले नेकपा (एमाले) ले नै स्थानीय चुनाव गर्न नचाहेको आरोप लगाउँदै राज्य पुनःसंरचना आयोगको रिपोर्ट आगामी साउन, भदौमा नै आउनुपर्ने बताए ।

उनले प्रान्तीय चुनावलगायतका विभिन्न चुनावका विषयमा समेत सरकारले कुनै तयारी नगरेको भन्दै संविधान कार्यान्वयन नभए फेरि मुलुक अप्ठेरोमा पर्ने बताए ।source : kathmandu today 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.