-->
सरकारले चुनावै चाहेको छैन : देउवा

सरकारले चुनावै चाहेको छैन : देउवा


मधुसुधन तिमल्सिना
काभे्र, असार १८ गते । नेपाली कागे्रसका सभापति एव पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारका काम कारवाही चित्त बुझदो ढङ्गले अगाडि बढ्न नसकेको बताउनुभएको छ । 
सरकार बनेको लामो समय भैसक्दा पनि भूकम्पपीडितको बस्ने बासको व्यवस्था गर्न नसकेको र संविधान कार्यान्वयमा समेत चासो नदिएको उहाँले आरोप लगाउनुभयो । 

 नेपाली कागे्रस जिल्ला समिति काभे्रले पुर्व सभापति गिरीजाप्रसाद कोइरालाको ९३ औ जन्मजयन्तीको अवसरमा

शनिवार बनेपामा गरेको केन्द्रिय समितिलाई सम्मानमा सभापति देउवा लगायतका नेता । तस्विरः मधुसुधन 

नेपाली कागे्रस जिल्ला समिति काभे्रले पुर्व सभापति गिरिजाप्रसाद कोइरालाको ९३ औ जन्मजयन्तीको अवसरमा शनिवार बनेपामा भएको केन्द्रिय समितिलाई सम्मान तथा भवन शिलान्यास कार्यक्रममा बोल्दै सभापति देउवाले सरकार काममा भन्दा कुरामा बढी केन्द्रित भएको बताउनुभयो । उहाँले १४ महिना सम्ममा पनि एक जना भूकम्पपीडितको घर नबनेको बताउँदै अझै पनि लाभाग्राहिको सूची समेत सबै जिल्लाको आइ नसकेको बताउनुभयो । एनजिओ लाई सरकारले रकम दिएर लाभाग्राहीको नामावली संकलन गरेपनि त्यो पनि सहि र तथ्य आउन नसकेको जिकिर गर्नुभयो ।
उहाँले नेपाली कागे्रसका काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो । उहाँले डेढ बर्षमा पाँच वटा निर्वाचन गर्नुपर्ने आवश्यक्ता भएपनि सरकारले त्यस खालको वातावरण बनाउन नसकेको गुनासो गर्नुभयो । संविधान कार्यान्यनका लागि भएपनि स्थानिय, प्रान्तिय, केन्द्रिय, राष्ट्रिय सभा र राष्ट्रपतीको चुनाव डेड बर्षभित्रमा गर्ने पर्ने बाध्यता रहेको भएपनि त्यस प्रकारका काम सरकारले गर्न नसकेको उहाँको भनाइ थियो । 
पूर्व प्रधानमन्त्री देउवाले प्रधानमन्त्री ओलीबाट स्थानीय निर्वाचनको मिती घोषणा भए पनि तर त्यसका लागि कुनै पनि तयारी नभएको चर्चा गर्नुभयो । साथै उहाँले नेपाली काग्रेस जुनसुकै समयमा पनि चुनावको लागि तयार रहेको पनि स्पष्ट पार्नु भयो । 
कार्यक्रममा नेपाली कागे्रस कोषध्यक्ष सीतादेवी यादवले सरकारलाई एकदिन मात्र भुकम्पपीडितको छाप्रोमा आएर बस्न आग्रह गर्नुभयो । दुईवटा बर्षाद कट्न लाग्दा समेत सरकारले भुकम्पपीडितको बासको व्यवस्थापन गर्न नसकेको र अर्वौं रकम सकिंदा समेत भूकम्पपीडित टहरा मै बस्नुपरेको बताउनुभयो । 
नेपाली कागे्रसका केन्द्रिय सदस्य डा. रामशरण महतले अहिलेको सरकारले काम भन्दा बढी प्रचार खोजेको आरोप लगाउनुभयो । कार्यक्रममा विभिन्न पार्टी छाडेर आएका दुई दर्जनभन्दा बढी कार्यकर्तालाई पार्टी सभापति देउवा र जिल्ला सभापति मधुप्रसाद आचार्यले प्रवेश गरेकालाई स्वागत गर्नुभएको थियो ।
कागे्रसको भवन शिलान्यास
यसैबीच नेपाली कागे्रसका सभापति एव पूर्वप्रधानमन्त्री देउवाले बनेपा टुल्टीफाँटमा रहेको करीव एक रोपनी जग्गामा बन्न लागेको तीन तले भवनको शिलान्यास पनि गर्नुभयो । करीब रु.तीन करोड लागतमा बनाउने लक्ष्य लिएको उतm भवनका लागि साधरण सदस्य, क्रियाशील सदस्य, गाँउ, नगर समिति, जिल्ला कार्यसमिति, महासमिति,महाधिवेशन प्रतिनिधि, सांसद, भातृ तथा शुभेच्छुक संस्थाहरु र विभिन्न देशमा रहेर काम गरिरहेका जनसम्र्पक समितिहरुबाट उठ्ने रकमले भवन बनाउने नेपाली कागे्रस काभे्रका सभापती आचार्यले जानकारी दिनुभयो । 
त्यसै गरी पार्टी सभापती देउवाले बनेपा बन्न लागेको बनेपा ध्वाखा (द्धार) को समेत शिलान्यास गर्नुभयो । ऐतिहासिक महत्व बोकेको बनेपा नगरपालिकाको मुख्य मुख्य क्षेत्रमा सात वटा द्धार निमार्ण गर्ने आयोजकले जनाएको छ । gorkha patra online 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.