-->
ओली र देउवाको कुराले उब्जायो शंका, कतै यो त होइन चाल !

काठमाण्डु, २७ असार– आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटमा ओलीले प्रचण्डलाई सरकार छाड्न खुल्ला चुनौति दिए । उनले सरकारका विषयमा नानाथरी हल्ला गर्दै हिँड्नुभन्दा सिधै सरकारको समर्थन फिर्ता लिन प्रचण्डलाई आग्रह गरे । ओलीले यसो भनेपछि प्रचण्डले उनको कुरा बुझ्न सकेनन् र तनाबमा रहे ।

kp-oli-sher-bahadur-deuba

त्यसको भोलीपल्ट अर्थात सोमबार माओवादीले केन्द्रीय कार्यालयको बैठकबाटै ओली सरकार ढाल्ने र आफ्नो नेतृत्वमा सहमतीय सरकारका लागि पहल गर्ने निर्णय गर्यो । त्यसको केही समयपछि नै प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न गए र आफ्नो नेतृत्वमा सहमतीय सरकारका लागि सघाउन आग्रह गरे । तर, देउवाले उनको आग्रहलाई ठाडै अस्वीकार गरे ।

 
अघिल्लो दिन ओलीले सरकार छाड्न आग्रह गर्नु र अर्को दिन देउवाले माओवादीलाई समर्थन गर्दैनौँ भन्नुले कतै कांग्रेस र एमालेबीच कुनै प्लान त बनेको छैन भन्ने शंका पैदा गरेको छ ।

 

आफ्नो सरकार ढाल्न खोज्ने माओवादीसँग रुष्ट रहेका अोली प्रचण्डलाई देखाइदिने रणनीतिमा पहिल्यैबाट थिए । सोही अनुरुप उनले कांग्रेससँग छलफल थालेको हुनसक्छ अनुमान राजनीतिक विश्लेषकहरु लगाउँछन् ।

 

उता वैशाखमा देउवासँग मिलेर नयाँ सरकार गठन गर्ने सल्लाह गरेका प्रचण्डले अन्तिममा आएर उनलाई धोका दिँदै ओलीसँग सम्झौता गरेपछि रष्ट रहेका देउवाले पनि त्यस रिसलाई संगाले राखेका थिए । त्यसैले कांग्रेस र एमालेले सहकार्य गर्ने र दुवैतिर हाबी हुन खोज्ने प्रचण्डलाई देखाइदिने रणनीति बनेको हुनसक्ने अनुमान लगाइएको छ ।kathmandu today 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.