-->
काबुलमा मारिएका थापाको हिन्दू र ईसाई परम्पराअनुसार अन्तिम संस्कार

अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका बुटवलका जितेन्द्रसिंह थापाको हिन्दू र ईसाई परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । थापाका दुई श्रीमतीले आ–आफ्नै धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरेकी हुन् । कान्छी श्रीमती सञ्जिता लामाले हिन्दू धर्मअनुसार शवमा अर्घ र फूल चढाएपछि जेठी श्रीमती गौतमी थापालाई जिम्मा दिएकी थिइन् । त्यसपछि गौतमीले चरंगेस्थित ईसाई दाहसंस्कार स्थलमा पास्टरहरुको उपस्थितिमा ईसाई पाठअनुसार शवलाई पुरिन् । हिन्दू र ईसाई धर्मअनुसार भएको अन्तिम संस्कारमा दुवै श्रीमती सहभागी थिइन् । थापाकी जेठी श्रीमती बुटवलमा बस्छिन् भने दुई बर्षअघि विवाह गरेकी कान्छी चार महीनाको छोरासहित काठमाडौंमा बस्छिन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.